Article detail

पहिलो मैत्रीपुर्ण खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग खेल्दै

पहिलो मैत्रीपुर्ण खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग खेल्दै

काठमाडौंँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपुर्ण खेलमा बिहीबार (आज) घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ। नेपाल र बङ्गलादेशबीचको खेल, ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ ५ः४५ बजे सुरु हुनेछ ।

नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ। बङ्गलादेश भने मुख्यस्टराईकर सविना खातुनको कप्तानीमा खेल्नेछ। खेलअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक अनन्त थापाले बङ्गलादेशसँगको खेल प्रतिस्पर्धात्मक हुने दावी गरे ।

नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा लागि बङ्गलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । यसपटक नेपाललाई गल्ती सुधार गर्दै बङ्गलादेशसँग बलदा लिने अवसर छ ।

नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी (साम्बा)को पुनरागमनले टोली उच्च मनोबलमा रहेको प्रशिक्षक थापाको भनाई छ । गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पुरै समय मैदानमा बिताउन पाएकी थिइनन् ।

यस्तै चोटपछि नेपाली टोलीकी अर्की महत्वपुर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन् । गीता भारतसँगको दुई मैत्रीपुर्ण खेलमा चोट बोकेपछि टोली बाहिर थिइन् ।

यस्तै प्रिती राई पनि घुँडाको सफल शल्यक्रिया पछि पुनरागमन गर्न सफल भएकी छिन् । घुँडाको उपचारपछि पुनरागमन गरेकी गिता अस्वथ्य रहेका कारण टोलीबाहिर रहने सम्भावना रहेको छ।

टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले बङ्गलादेशलाई आफुहरुले कमजोर रुपमा नहेरेको बताइन् । उनले भनीन्–‘‘पहिला जे भयो अब त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ। अहिले हामीसँग साम्बा पनि छ त्यसैले हामीले राम्रो खेल्नेछौँ।’’

साफ जितेपछि बङ्गलादेशका मुख्य प्रशिक्षक गोलान रोबान्नी छोटानले टोली छाडेका थिए । यस्तै साफ जित्ने टोलीबाट स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन टोलीमा छैनन् ।

बङ्गलादेशका मुख्य प्रशिक्षक मोहबुबुर रहमन लिटुले साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएपनि बलियो रहेको बताए । ‘‘यसपटक नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ। त्यसैले हामीले नेपाललाई हल्का रुपमा लिएका छैनौ। हामी उत्कृष्ट खेल प्रस्तुत गर्नेछौँ । अहिले सावित्राको पुनरागमनले पनि नेपाली टोली बलियो छ ।’’

टोलीकी कप्तान सविना खातुनले पहिला र अहिलेको आफुहरुको टोलीमा धेरै फरक रहेको बताए । उनले भनीन्, ‘‘साफ पछि हामीले आठ महिना खेल्न पाएका छैनौँ। नेपालले खेलिरहेको छ। तर हामी उत्कृष्ट खेल्ने प्रयास गर्नेछौँ ।’’ नेपालले बङ्गलादेशसँग दोस्रो मैत्रीपुर्ण खेल आइतबार खेल्नेछ।

 

थप समाचार :

महिला एशेज : रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई २ विकेटले हरायो

एसीसी इमर्जिङ कपमा श्रीलंका र बङलादेश तथा अफगानिस्तान र ओमान भिड्दै

भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिज १५० रनमा अलआउट

भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजको खराब सुरुवात, आधा टोली पवेलियन फर्कियो

एशिया कपको खेल तालिका शुक्रबार सार्वजनिक हुने !

बङ्गलादेशसँग बलदा लिने अवसर : प्रशिक्षक थापा

 

Write A Comment

Please Login to comment.