Article detail

किरण थप एक वर्षका लागि पञ्जाव एफसीमा अनुबन्ध

किरण थप एक वर्षका लागि पञ्जाव एफसीमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी टिममाअनुबन्ध भएका छन् ।

भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो ।

पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक खेल खेलेका थिए । किरण नेपालका लागि सर्वाधिक ८९ खेल खेल्ने खेलाडी हुन् ।

 

थप समाचार :

पौडी टोलीको बिदाइ

युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई २५ लाख प्रायोजन गर्यो

कराते खेलाडी यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी

ग्लोबल टी २० खेल्न सन्दीप क्यानडा प्रस्थान

केभिन सिन्क्लेयर पहिलो पटक वेस्ट इन्डिजको टेस्ट टोलीमा

 

Write A Comment

Please Login to comment.