लेख विवरण

अफ्रिकी टोली मरिसस सोमबार काठमाडौँ आउँदै

अफ्रिकी टोली मरिसस सोमबार काठमाडौँ आउँदै

काठमाडौँ। नेपालसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न अफ्रिकी टोली मरिसस सोमबार काठमाडौँ आउँदैछ । शनिबार नेपाल भ्रमणमा निस्किएको मोरिसस टोली सोमबार विहान ११ः१५ बजे काठमाडौँ आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाल र मोरिससबीचको मैत्रीपूर्ण खेल माघ १५ र १८ गते दशरथ रंगशालामा हुनेछ । मोरिसससँगको खेलमा लागि नेपाली टोली अहिले प्रशिक्षणमा ब्यस्त छ । प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेत समावेश गरि ३५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन ।

प्रशिक्षणमा रहेका खेलाडीबाट केही दिनमै अन्तिम टोलीको घोषणा गरिने बताईएको छ । नेपाल र मोरिससबीचको दुवै खेललाई विश्व फुटबल महासंघ (फिफा)ले अन्तर्राष्ट्रिय ‘म्याच क्यालेन्डर’मा समावेश गर्ने समेत एन्फाले जनाएको छ । अफ्रिकी देश मोरिसस फिफा वरियतामा एक सय ७२औँ स्थानमा छ । नेपाल एक सय ६९औँ स्थानमा छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.