लेख विवरण

अर्किडको सफल सुरुआत

अर्किडको सफल सुरुआत

काठमाडौं । आयोजक अर्किड स्कुल ‘ए’ ले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा शुक्रबार सफल सुरुआत गरेको छ ।

काँडाघारीस्थित घरेलु मैदानमा अर्किड ‘ए’ ले गोठाटारलाई १–० गोलले पराजित ग¥यो । टोलीका लागि सुमन खड्काले निर्णायक गोल गरे ।

अन्य खेलमा भिमेश्वर एकेडेमी र गोल्डेन बडले जित निकाले । भिमेश्वरले मनाङ्क प्याराडाइसलाई ३–० गोलले हरायो । रुपेश थापाले ह्याट्रिक गरे । गोल्डेन बडले सनराइजमाथि ३–१ को जित दर्ता ग¥यो । विजयी टिमका लागि रोशन खड्का, रोनिस श्रेष्ठ र सुजल तामाङले गोल गरे । सनराइजका निकेश तामाङले सान्त्वना गोल फर्काए ।

प्रतियोगिताको संघीय सांसद् रामहरि खतिवडाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा आयोजकको २ सहित ३८ टिम सहभागी छन् ।
सहभागी टिमहरुमा अर्किड ‘ए’ र ‘बी’, गोठाटार, मानाङ्क प्याराडाइस, भीमेश्वर, नाम्स, दर्शना, सांग्रिला, लाइसियम, सीसीएस, बेस्ट ग्रुप भिजन, कौस्तुभ, हाइली क्रिएटिभ, बाल गीताञ्जली, सनराइस, गोल्डेन बड, एकलब्य, प्रीतिमा, मनकामना, श्रमशील, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी, टाइमलाइन, गेट्वे, नेक्सस, विद्यावारी, मोनास्टिक, ग्लोबल, हाइल्यान्ड, अक्षरिका, कौतिल्य, निर्मल ज्योति, पाणिनी, ग्रिनविच, गणेश हिमाल, साम्तेन, न्यु स्टार पोल, विद्या विकास, माउन्ट सेब तथा गुहेश्वर रहेका छन् । गत संस्करणको उपाधि नेक्सस इन्टरनेसनल एकेडेमीले जितेको थियो ।

विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत शनिबार ६ खेल हुनेछ । फाइनल फागुन ८ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.