लेख विवरण

एपिएफको विजयी सुरुवात

एपिएफको विजयी सुरुवात

पोखरा । मोफसलको प्रतिष्ठित २०औँ ‘आहा ! रारा गोल्ड कप’ नकआउट फुटबलमा नेपाल एपिएफ क्लबले बिजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा एपिएफले आयेजक सहारा क्लबलाई २–० गोल अन्तरले हरायो ।

दर्शकविनै सञ्चालन गरिएको प्रतियोगितामा रोमाञ्चक जितसँगै एपएिफ दोस्रो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा पराजय भोगेको आयोजक साहारा भने पहिलो खेलबाटै बाहिरिएको छ । एपिएफले १४औँ मिनेटमा आवास लामिछानेको गोलबाट अग्रता लिएको थियो । ६०औँ मिनेटमा रबि थिङ्गको पासमा प्रदिप लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए ।

एकपक्षीय खेलमा एपिएफले थप अवसर गुमाएको थियो । खेलभर एपएिफको दबाब झेलेको सहाराको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल भएन । एपिएफले शनिबार विदेशी टोली विवाईएससी मिनेसोटा अमेरिकासगँ प्रतिस्पर्धा गर्नेछ ।

खेलपछि एपिएफका प्रशिक्षक कुमार थापाले पहिलो पटक आहा रारा गोल्ड कप जित्ने लक्ष्यका साथ आएको बताए । ‘हामीले सहारासगँ पटक पटक खेलेका थियौँ । आज खेलाडीले सोचेअनुसार राम्रो खेले । सोही अनुसार नतिजा पनि आयो । आगामी खेलमा थप सुधार गर्दै अगाडी जानेछौँ,’ थापाले भने ।

सहाराका प्रशिक्षक प्रलाद हिराचनले बाहिरबाट आएका खेलाडी सेट नहुदाँ पराजय भोगेको बताए । ‘विगतमा घरेलु टोलीलाई दर्शकको साथ हुन्थ्यो । कोरोनाका कारण दर्शकरहित खेल्नुपनि टोलीको हारको अर्को कारण हो,’ हिराचनले भने । प्रतियोगितामा शुक्रबार शिमालयन शेर्पा र नेपाल पुलीस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.