लेख विवरण

डोजाङ प्रमुखहरुको अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता हुने

डोजाङ प्रमुखहरुको अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा माघ २८ गते प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा विभिन्न २ सय डोजाङका डोजाङ प्रमुखहरुको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

प्रतियोगितामा दुई एकल स्पर्धा समावेश गरिएको छ । पुरुष/महिला तर्फ १८ वर्षमाथि उमेरसमूहको खेल हुनेछ । पुरुष/महिला दुवैमा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजारका दरले नगद पुरस्कार पाउने छन् ।

सहभागीले माघ २३ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ । सहभागिताका लागि माघ २३ देखि २६ गतेसम्म भिडियो पठाउने अवधि तोकिएको छ । भिडियो बढीमा १ मिनेट २० सेकेन्डको मात्र हुनु पर्ने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.