लेख विवरण

त्रिज्योति र ज्ञानोदय क्वाटरफाइनलमा

त्रिज्योति र ज्ञानोदय क्वाटरफाइनलमा

काठमाडौंँ । ज्ञानोदय र त्रिज्योति ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनल प्रवेश गरेका छन् । समूए ‘ए’ बाट त्रिज्योति विजेता र ज्ञानोदय उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।

मण्डिखटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा सम्पन्न खेलमा त्रिज्योतिले लोयल्टी ‘बी’ लाई ४–० गोलले पराजित ग¥यो भने ज्ञानोदयसँग १–१ को बराबरी खेल्यो । ज्ञानोदयले लोयल्टी ‘बी’ लाई २–१ गोलले हरायो ।

समूह ‘सी’ बाट लिटिल एन्जल्स विजेता तथा काठमाडौं भ्याली उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । लिटिल एन्जल्सले काठमाडौं भ्यालीलाई ११–० तथा रिलायन्सलाई ७–१ गोलले हरायो । काठमाडौं भ्यालीले रिलायन्सलाई ४–२ गोलले पराजित ग¥यो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा आयोजकको २ सहित १२ टिम सहभागी छन् । फाइनल फागुन १९ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.