त्रिभुवन आर्मी क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा
काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लब २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा आर्मीले पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई १–० गोलले हरायो ।
आर्मीको जितमा राजीव गुरुङले ७०औँ मिनेटमा निर्णायक गोल गरे । अतिरिक्त खेलाडीको रुपमा ६४औँ मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका राजीवले थ्रीस्टारको रक्षकको गल्तीमा गोल गरेका थिए । जतिवेला थ्रीस्टारका गोलरक्षक प्रिसो पोस्ट् छाड्दै अगाडि बढेका थिए ।
आर्मीको जितसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा एपिएफ र मच्छिन्द्रबीच भिडन्त हुनेछ ।
सहारा क्लकको आयोजनामा सञ्चालित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपियाँ प्राप्त गर्नेछन ।

टिप्पणी लेख्नुहोस्