लेख विवरण

दिलिप स्मृति टिम च्याम्पियन

दिलिप स्मृति टिम च्याम्पियन

काभ्रे । आयोजक दिलिप स्मृति प्रतिष्ठान पाँचौं दिलिप स्मृति प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । प्रतिष्ठानले ११ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो । यसअघि प्रतियोगिताको चारै संस्करणको उपाधि पनि प्रतिष्ठानले नै जितेको थियो ।

काभ्रेको रोसी गाउँपालिकास्थित नारायणटारमा भएको प्रतियोगितामा ७ स्वर्णसाथ ढल्कु दोश्रो भयो । ३ स्वर्ण जितेको मैजुकुमारीले तेश्रो स्थानमा चित्त बुझायो ।

सिनियरको पुरुषमा प्रतिष्ठानका सरोज मगर तथा महिलामा मैजुकुमारीकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा ललित राना मगर तथा महिलामा प्रतिष्ठानकी रोजिना तामाङ उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई युवा संघका केन्द्रीय उपाध्यक्ष अमित लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा प्रतिष्ठानका ८ खेलाडीलाई सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट खेलाडीमा आशिष लामा, विशाल लामा, सहदेव रिजाल, सन्तोष मगर र डेनी लामा सम्मानित भए । अनुशासित खेलाडीमा वीरेन्द्र थापा मगर, चन्द्र मगर र कार्साङ लामालाई सम्मान गरिएको थियो ।

दुईदिने प्रतियोगितामा १ सय ७१ खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.