धोनीलाई ट्रोल बनाउदा, जडेजाले दिए गतिलो जवाफ
काठमाडौं । ईन्डीयन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाईजी कोलकत्ता नाईटराईडर्स (केकेआर)ले आईतवार चेन्नई सुपर किंग्स (सिएसके)का कप्तान महेन्द्र सिंह धोनीलाई ट्रोल बनाउने कोसिस गरेको थियो । त्यसपछि सिएसकेका सर्मथकहरु रिसले आगो भएका थिए । धोनीका साथी तथा सिएसकेका अलराउन्डर रविन्द्र जडेजाले पनि केकेआरलाई गतिलो जवाफ दिएका थिए ।
एशेजको चौथो टेस्टको पाचौं दिन अष्ट्रेलियाले ईङल्यान्डको अन्तिम २ विकेट लिन नेथन लियोनको ओभरमा ब्याटसम्यानको नजिकै फिल्डरहरु खटाए कारण ब्याटमा अलिकति पनि एज लागेको खण्डमा क्याच हुने सम्भावना थियो । तर अष्ट्रेलिया आफ्नो रणनितीमा सफल हुन सकेन र पाहुना टोली ईङल्यान्डले उक्त खेल ड्र गर्न सफल भयो । अन्तिम विकेटका लागि पनि कमिन्सले यही रणनिती अपनाएका थिए ।
That moment when a classic move in Test cricket actually reminds you of a T20 master stroke! #Ashes #KKR #AmiKKR #AUSvENG pic.twitter.com/D3XbMu83mf
— KolkataKnightRiders (@KKRiders) January 9, 2022
तर एकछिनमै उक्त तस्वीर समाजिक संजालमा ट्रेन्डमा आयो । यो देखेर केकेआरले पनि २०१६ मा पुणे बिरुद्धको खेलको तस्वीर शेयर गर्यो । तस्वीरमा गौतम गम्भीरले सुपरजाईन्टसका कप्तान महेन्द्र सिंह धोनीका लागि त्यस्तै किसिमका फिल्डीङ सजाएका थिए । त्यो समयमा धोनीको ब्याटबाट रन बन्न सकिरहेको थिएन । उनी लेग स्पिन बलहरुको अगाडी असहज महशुस गरिरहेका थिए । धोनीले ब्याटिङ गर्ने क्रममा पियुस चावला बलिङमा थिए र उनको नजिकै फिल्डरहरु लगाईएको थियो ।
केकेआरले एसेज र आईपीएल २०१६ को तस्वीर शेयर गर्दे लेख्यो टेस्ट क्रिकेटको त्यो क्लासिक रणनिती जसले तपाईलाई टि २० को मास्टर स्ट्रोक को सम्झना आउने छ । त्यपसछि धोनीका समर्थक र केकेआरका सर्मथक बीच समाजिक संजालमा शब्दको लडाई सुरु भयो ।
त्यसपछि चेन्नईका खेलाडी रविन्द्र जडेजाले लेखे, यो मास्टर स्ट्रोक होईन यो त केवल देखावटी हो । त्यो बाहेक सर्मथकले मिम्सको बर्षात सुरु गरे । हुनत त्यो खेलमा पुणेको टोली पराजय भएको थियो । धोनीको कप्तानीमा सिएसकेले चार पटक आईपिएलको उपाधि जितेको छ ।
That moment when a classic move in Test cricket actually reminds you of a T20 master stroke! #Ashes #KKR #AmiKKR #AUSvENG pic.twitter.com/D3XbMu83mf
— KolkataKnightRiders (@KKRiders) January 9, 2022

टिप्पणी लेख्नुहोस्