न्यु स्टार र ओरिएन्टल फाइनलमा
काठमाडौं । न्यु स्टार पोल र ओरिएन्टल १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
न्यु स्टारले गोल्डेन बडलाई १–० गोलले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ ऋतिक रायमाझीले निर्णायक गोल गरे । ओरिएन्टलले गेटवे एकेडेमीलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । ओरिएन्टलका राहुल तामाङ ‘म्यान अफ द म्याच’ चुनिए ।
शुक्रबार तेश्रो स्थानका लागि खेल हुनेछ भने फाइनल शनिबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्