लेख विवरण

पिस प्वाइन्टको शानदार जित

पिस प्वाइन्टको शानदार जित

काठमाडौं । आयोजक पिस प्वाइन्ट बोर्डिङ स्कुलले ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार शानदार सुरुआत गरेको छ ।

सानोगौचरणमा भएको उद्घाटन खेलमा पिस प्वाइन्टले एलिक्जिरलाई १०–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । पिस प्वाइन्टका ‘म्यान अफ द म्याच’ राहुल लामाले ३, अभय घिमिरे, विशेष थिङ र नितेश चौधरीले समान २–२ तथा दावा शेर्पाले १ गोल गरे ।

अर्को खेलमा प्रस्फुटनले एडभान्सलई ५–० गोलले हरायो । विजेताका ‘म्यान अफ द म्याच’ कुशल गिरीले ३ तथा निश्चल केसीले २ गोल गरे । जितसँगै दुवै टोली क्वाटरफाइनलमा पुगे ।

प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा १६ टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.