पीएम कप : एपिएफको लगातार दोस्रो जित
काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत टियु मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई सात विकेटले हरायो ।
बागमतीले दिएको एक सय २६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १८.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । एपिएफका लागि लोकेश बमले ५० रनको अर्धसतकिय इनिङ्स खेले । प्रदिप ऐरीले अविजित ३६ रन बनाए । बलिङमा बागमतीका प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २५ रन नाएको थियो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रन बनाए । नन्दन यादवले २४, सुवास खकुरेलले २१ र आदिल खानले १९ रन बनाएका थिए ।
बलिङमा एपिएफका अविनास बोहराले चार विकेट लिए । कमल ऐरीले दुई तथा शरद भेषावकर र किशोर महतोले एक एक विकेट झारे । जितसँगै चार अंक बनाएको एपिएफ समूहको शीर्षस्थानमा छ । पहिलो हार खेपेको बागमतीको दुई अंक छ । बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको थियो ।

टिप्पणी लेख्नुहोस्