लेख विवरण

मेस्सी टोलीमा फर्किदा पीएसजीले रेम्सलाई पराजित गर्यो

मेस्सी टोलीमा फर्किदा पीएसजीले रेम्सलाई पराजित गर्यो

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वान खेलमा रेम्सलाई ४–० ले पराजित गरेको छ । यो खेलबाट टोलीका स्टार खेलाडी लियोन मेस्सी पनि टोलीमा फर्किएका छन । खेलको दोस्रो हाफमा मैदान प्रवेश उनी केही दिन अघि कोभिड संक्रमण भएका थिए ।

यो जितपछि शीर्ष स्थानमा रहेको पीएसजीले दोस्रो नम्बरको टोली नीससँग ११ अंकको दूरी कायम गरेको छ । दोस्रो हाफको ६३औं मिनेटमा एन्जल डि मारियाको स्थानमा आएका मेस्सीले यस वर्षको आफ्नो पहिलो खेल खेलेका थिए। तर, यो खेलमा उनले गोल गर्न सकेनन् ।

यसअघि पीएसजीका लागि मार्को भेराट्टीले ४४औं मिनेटमा बक्सको देब्रे तर्फबाट प्रहार गर्दै बल गोल पोस्टमा पुर्याएका थिए । त्यसपछि दोस्रो हाफको ६२ औं मिनेटमा सर्जियो रामोसले दोस्रो गोल गरे । पीएसजीका लागि रामोसको यो पहिलो लिग गोल हो । त्यसपछि ६७ औं मिनेटमा भेराटीले मेस्सीको पासबाट गोल गर्दै खेलमा ३–० को अग्रता बनाएका थिए । त्यसपछि ७५ औं मिनेटमा डानिलो परेराले केलियन एमबाप्पेको पासमा गोल गर्दै खेललाई एकतर्फी बनाएका थिए । रिम्सको टोलीले अन्तिम समयसम्म पनि कुनै गोल गर्न सकेन ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.