लेख विवरण

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश

एजेन्सी । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा युनाइटेडले प्रिमियर लिग प्रतिद्वन्द्वी एस्टन भिल्लालाई १–० गोलले हरायो ।

घरेलु मैदानमा युनाइटेडको कठिन जितमा स्कट म्याकटोमिनेले गोल गर्नुभयो । स्कटले आठौँ मिनेटमा गरेको गोल युनाइटेडको जितमा प्रयाप्त बन्यो । ५७ प्रतिशत बल पोसेसन राख्दै युनाइटेडलाई दबाब दिएपनि एस्टन भिल्लाले गोल फर्काएन सकेन ।

युनाइटेडको जितसँगै एफए कपको अन्तिम ३२ को समिकरण समेत पूरा भएको छ । अब चौथो चरणमा युनाइटेडले मिडल्सबर्गसँग प्रतिस्पर्धा गर्नेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.