राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा जगजित
काठमाडौँ। लामो समयपछि जगजित श्रेष्ठले राष्ट्रिय टोलीमा पूनरगमन गर्ने छनक देखाएका छन । केही समयदेखि अष्ट्रेलियामा खेल्दै आएका श्रेष्ठ जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबबाट खेलि रहेका छन ।
मिडफिल्डमा आर्मीबाट सानदार प्रदर्शन गरिरहेका श्रेष्ठलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । टोलीका प्रशिक्षक अब्दुलाह अल्मुताईरीले श्रेष्ठ र च्यासल युथ क्लबका आशिष राईलाई बन्द प्रशिक्षणमा बोलाएका हुन ।
प्रशिक्षक अल्मुताइरीले यसअघि नै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए । यसअघि बोलाईएकोमध्ये आर्मीकै सन्तोष तामाङ टोलीबाट बाहिरिएका छन । चोटको कारण उनी बाहिरिएको एन्फाले जनाएको छ । नेपालले अफ्रिकी देश मरिसससँग जनवरी २९ र फेब्रुअरी १ तारिख दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

टिप्पणी लेख्नुहोस्