लेख विवरण

सांग्रिलाको दोहोरो जित

सांग्रिलाको दोहोरो जित

काठमाडौं । सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ ।

सांग्रिलाले लाइसियमलाई ४–२ गोलले पराजित ग¥यो । सांग्रिलाका गम्भीर तामाङले ह्याट्रिक गरे । लाइसियमका दिपेन थापा मगर र सन्जिल मगरले गोल फर्काए । अर्को खेलमा सांग्रिलाले दर्शनालाई ७–० को फराकिलो गोलअन्तरले हरायो ।

त्यस्तै मोनास्टिकले ग्लोबललाई २–०, सीसीएसले बेस्ट गु्रुप भिजनलाई १–० र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमीले विद्यावाणीलाई ७–० गोलले पाखा लगाए । आयोजक अर्किड स्कुल ‘बी’ ले गुहेश्वरीबाट वाकओभर पायो । प्रतियोगिताअन्तर्गत आज ५ खेल हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.