लेख विवरण

एनएमबि–कप अन्तर स्कुल फुटबल प्रतियोगिता हुने

एनएमबि–कप अन्तर स्कुल फुटबल प्रतियोगिता हुने

काठमाडौं । एनएमबि–कप अन्तर स्कुल यु १४ फुटबल प्रतियोगिता यही श्रावण २४ देखि २६ गतेसम्म बुढालनिलकण्ठ नगरपालिका– १० स्थित कपनमा रहेको कपअन स्पोर्ट्स सेन्टरमा हुने भएको छ ।

इन्डोर फुटबल ग्राउन्डमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको लागि आयोजक कपअन स्पेर्ट्स सेन्टरले बुधबार एनएमबि बैंकसँग प्रायोजन सम्झौता गरेको छ । सम्झौता–पत्रमा कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर (बद्री) भट्टराई र एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे ।

कपअन स्पोर्ट्स सेन्टरले आफ्नै इन्डोर फुटबल ग्राउन्ड (बालुवाखानी, कपन) सहित राजधानीका विभिन्न स्थानमा युवा खेलाडी उत्पादनका लागि काठमाडौं किकर्स फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ ।

कपनअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने, ‘ग्रासरुट फुटबलको विकासको लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा साथ दिनुभएकोमा देशकै अग्रणि वित्तिय संस्था एनएमबि बैंकलाई धेरै–धेरै धन्यवाद । हाम्रो सहकार्यले सानै भएपनि नेपाली फुटबलमा खेलाडी उत्पादनको लागि सहयोग पुग्ने विश्वास गरेका छौं ।’ उनी अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव पनि हुन ।

आयोजक कपअन स्पोर्ट्स सेन्टरले प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा विद्यालयका छात्र टोलीको सहभागि हुने जानकारी गराएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ । उपाधि विजेता, द्वितीय, तृतीय हुने टिमसहित प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्बाधिक गोलकर्तालाई पुरस्कार प्रदान गरिने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.