अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबार
काठमाडौंँ । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा १९ औं अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ७२ विद्यालयका ४ सय खेलाडीको सहभागिता रहने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन् । २ सय ३० ब्वाइज र १ सय ७० गर्ल्सले प्रतियोगितामा भाग लिने छन् ।
दुईदिने प्रतियोगितामा ५३ स्पर्धामा प्रतिस्पर्धा हुने एलएका पौडी प्रशिक्षक वैकुण्ठ प्रधानले जानकारी गराए । खेलहरु हात्तीवनस्थित एलएकै पौडी पोखरीमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्