लेख विवरण

एपेक्स आईसीसी कप : एपेक्सले इस्लिङटनलाई ३ रनले हरायो

एपेक्स आईसीसी कप : एपेक्सले इस्लिङटनलाई ३ रनले हरायो

काठमाडौंँ । काठमाडौंमा जारी एपेक्स आईसीसी कप २०२३ को खेलमा एपेक्सले इस्लिङटन कलेजलाई ३ रनले पराजित गरेको छ । मुलपानी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको एपेक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो । टोलीका लागि रेउल श्रेष्ठले ४१ बलमा २९ रनको योगदान दिए । हर्ष पोड्डरले २२ बलमा १२ रन बनाए । अमन साहले ९ बलमा ९ रन बनाए । इस्लिङटनका लागि बलिङमा शुमम शाहलले २ विकेट लिए । सुयेश ढकाल र आदेश श्रेष्ठले समान १-१ विकेट लिए ।

एपेक्सले दिएको लक्ष्य पछ्याउने क्रममा इस्लिङटन टोली २० ओभरमा ९ विकेट गुमाउदै १ सय १४ रनमा रोकियो । टोलीका लागि प्रथम अग्रवाल (३२), मिनल तिमिल्सिना (२३) र प्रथम भट्टराईले (२२) रन बनाए । इस्लिङटनका लागि हर्ष पोडड्रले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विज्ञान भट्टराई र आयुष लटौलाले समान १-१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.