हाइल्यान्ड क्वाटरफाइनलमा
काठमाडौंँ । हाइल्यान्ड १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा हाइल्यान्डले डिफेन्डिङ च्याम्पियन ओरियन्टल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५–४ गोअन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।
मूलपानीमा भइरहेको प्रतियोगितामा ब्रहम्कुञ्ज पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । ब्रम्हकुञ्जले अक्षरालाई ४–१ गोलले हरायो । ब्रम्हकुञ्जका सिद्धार्थ कर्माचार्यले ह्याट्रिक गरे भने शुभम् खड्काले १ गोल थपे ।
करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले एक्लब्य शिक्षा सदनमाथि २–१ को जित दर्ता गर्दै प्रिक्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।

टिप्पणी लेख्नुहोस्