न्यु स्टास पोलको जित
काठमाडौंँ । न्यु स्टार पोलले १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।
मूलपानीमा भएको खेलमा न्यु स्टार पोलले पुष्प वाटिकालाई ६–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । विजेताका मुकेश घर्ती मगर ‘म्यान अफ द म्याच’ घोषित भए ।
स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा अक्षरिका र कस्मिक इन्टरनेसनलले पनि जित हात पारे ।
अक्षरिकाले श्रमशीललाई ४–१ गोलले हरायो । अक्षरिकाका जेनिश घिसिङ ‘म्याच अफ द म्याच’ चुनिए । मनाङ्क चिल्ड्रेन प्याराडाइस विरुद्धको खेलमा कस्मिक ३–० ले विजयी भयो । मनाङ्कका पुजन मैनाली ‘म्यान अफ द म्याच’ बने ।

टिप्पणी लेख्नुहोस्