लेख विवरण

प्रीतिमा क्वाटरफाइनलमा

प्रीतिमा क्वाटरफाइनलमा

काठमाडौंँ । प्रीतिमा १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मूलपानीमा भइरहेको प्रतियोगितामा प्रीतिमाले कस्मिक इन्टरनेसनल एकेडेमीलाई १–० गोलले पराजित ग¥यो । टोलीका लागि साइमन खवासले निर्णायक गोल गरे ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा हाइली क्रिएटिभ र गेटवे एकेडेमी पनि क्वाटरफाइनलमा पुगे ।

हाइलीले कोटदेवीलाई ३–१ गोलले पराजित ग¥यो । हाइलीका ‘म्यान अफ द म्याच’ कृष्ण काकीले २ तथा रोनित लामिछानेले १ गोल गरे । कोटदेवीका विश्व लामाले १ गोल फर्काए । गेटवेले प्रारम्भमाथि ४–१ को सहज जित दर्ता ग¥यो । गेटवेका प्रदीप खत्रीले २ तथा लक्ष्मण उप्रेती र ‘म्यान अफ द म्याच’ दर्शन केसीले १–१ गोल गरे । प्रारम्भका सुरज दनुवारले सान्त्वना गोल गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.