लेख विवरण

सातौं ओप्स खेलकुद महोत्सव : ज्ञान मन्दिर सेमिफाइनलमा

सातौं ओप्स खेलकुद महोत्सव : ज्ञान मन्दिर सेमिफाइनलमा

काठमाडौंँ । ज्ञान मन्दिर सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ज्ञान मन्दिरले हिमरश्मिलाई ३–० गोलले पराजित ग¥यो । ज्ञान मन्दिरका सुशान्त थापा मगर र विकास गुरुङले समान १–१ गोल गरे । एक गोल आत्माघाती रह्यो ।

त्यस्तै एन्जल्स हार्ट, सेब र कौशल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए । एन्जल्स हार्टले पुष्पकुञ्जलाई १–० गोलले हरायो । कौशल पाण्डेले निर्णायक गोल गरे ।

सेबले प्रगतिको यात्रा २–१ ले पूर्णविराम लगायो । सेबका विप्लव गुरुङ र सुमित वज्राचार्यले समान १–१ गोल गरे । प्रगतिका विशान्त पुटुवारले १ गोल फर्काए । कौशलले न्यु एरालाई टाइब्रेकरमा ३–१ गोलले पाखा लगायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.