चाँदबागमा दोश्रो कम्फेस्ट आइतबारदेखि
काठमाडौंँ । द चाँदबाग स्कुलको आयोजनामा दोश्रो कम्फेस्ट आइतबारदेखि हुने भएको छ । कम्फेस्टमा बास्केटबल, फुटबललगायत शिक्षातर्फ विभिन्न विधाको प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चाँदबागका प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठले जानकारी गराए ।
यु–१२ बास्केटबलको ब्वाइज/गर्ल्समा समान १२–१२ टिमले प्रतिस्पर्धा गर्ने छन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
यु–१२ उमेरसमूहकै फुटबलमा २२ ब्वाइज टिमले भाग लिने छन् । खेल लिग कम नकआउट पद्धतिमा हुनेछ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बाँसवारीस्थित आयोजककै हातामा हुनेछ । प्रतियोगिता फागुन ११ गतेसम्म चल्ने छ ।

टिप्पणी लेख्नुहोस्