लेख विवरण

एरिका, पलेशा र लामा सम्मानित

एरिका, पलेशा र लामा सम्मानित

काठमाडौंँ । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोबर्धन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

उनीहरुलाई जनही १० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको छ । उनीहरुलाई पूर्व मन्त्री कर्णबहादुर थापा, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

एरिकाले १९ औं एसियाली खेलकुदमा रजत तथा पलेशाले चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेका थिए । पलेशाले कांस्य जित्दा लामा पलेशाको प्रशिक्षकको भूमिकामा थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.