लेख विवरण

आत्मरक्षा तालिम सम्पन्न

आत्मरक्षा तालिम सम्पन्न

स्याङ्जा । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ र जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा किशोरीहरुको आत्मरक्षा सम्बन्धी दुईदिने तालिम स्याङजा जिल्लाको श्री त्रिभुवन माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ ।

विभिन्न ९ विद्यालयबाट प्रशिक्षार्थी सहभागी भएका थिए । प्रत्येक विद्यालय बाट ५–५ जना गरी ९ विधालयबाट ४५ जना विद्यार्थी सहभागी भएका थिए । उक्त तालिमको उद्घाटन जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सालिकराम शर्माले गरेका थिए । समापन स्याङजा जिल्ला प्रमुख अधिकारी श्री सुनिता नेपालको प्रमुख आथित्यमा भएको थियो ।

उक्त तालिम सहभागीलाई नेपाल प्रहरीका आईतिएपÞm तेक्वान्दो प्रशिक्षक तस्विन पुनले प्रशिक्षण दिएका थिए । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घम बहादुर थापा मगरले यस्ता तालिमले किशोरीको मनोबल उच्च बनाउन मद्दत पुग्ने धारण व्यक्त गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.