लेख विवरण

रोयल कपनको दोहोरो जित

रोयल कपनको दोहोरो जित

काठमाडौं । रोयल कपनले प्रथम भ्याली पब्लिक एसइइ कप ब्वाइज फुटसल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ ।

भंगालस्थित आयोजक भ्याली पब्लिक स्कुलको फुटसल कोर्टमा रोयलले ड्रागन एलिट एफसीलाई ३–२ तथा समृद्धिलाई १०–२ गोलले पराजित ग¥यो ।

अन्य खेलमा जुगल नव गुरुकुलले साइप्रेसलाई ९–४, टोखा एफसीले टिम बिस्टलाई ३–१, डाउन टाउनले इन्साइट भिजन ‘बी’ लाई ५–४, दि सेभेन ब्रोसले साइप्रेसलाई ४–१, विद्या आर्जनले भ्याली पब्लिक ‘बी’ लाई ७–२, ड्रागन एलिटले भ्याली पब्लिक ‘बी’ लाई नै ५–३ र सेक्रेड हार्टले भ्याली पब्लिक ‘ए’ लाई ४–१ ले हरायो ।

प्रतियोगिताको भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नगद पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पनि पाउने छन् । फाइनल मंगलबार हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.