त्रियोग अन्तर स्कुल चेस सुरु
काठमाडौंँ। त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु भयो । अन्तराष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको सहभागिता रहेकोे विद्यालयले जानकारी दिएको छ ।
दुई दिने कार्यक्रम बशअन्तरगत पहिलो दिन छनोट खेल भए । हरेक स्पर्धामा शीर्ष २० स्थान पाउनेको बिचमा दोस्रो दिन खेल हुने छ । प्रतियोगिता कुल ८ स्पर्धा समावेश गरिएका छन् ।
३ कक्षासम्म, कक्षा ४ र ५, कक्षा ६र ७ तथा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राको स्पर्धा समावेश गरिएका छन् ।
प्रतियोगिताको विद्यालयका प्रमुख कार्यकारी निदेशक अजित लामाले उद्घाटन गरे ।

टिप्पणी लेख्नुहोस्