लेख विवरण

प्रथम अन्तर विद्यालय पौडी प्रतियोगितामा जेम्स स्कूल पहिलो

प्रथम अन्तर विद्यालय पौडी प्रतियोगितामा जेम्स स्कूल पहिलो

काठमाडौं, साउन ११ गते ।
प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुलले ८ सय ४१ फिना अंक सहित पहिलो स्थान  पायो । निसर्ग बाटिका ५ सय ६९ दोस्रो तथा प्रिमियर इन्टनेशनल स्कुल ३ सय ६९ अंक सहित तेस्रो भयो ।

विजयी टोली तथा खेलाडीलाई प्रतिनिधी सभा सदस्य डा. तोसिमा कार्की र नेपाल पौडी सघका अध्यक्ष जगतमान श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।  

सातदोबाटो स्थित खेलकुद परिसर केन्द्रमा भएको २ दिने प्रतियोगिताको समापन समारोहमा फुटबलको राष्ट्रिय टोलीका पूर्व कप्तानहरुलाई सम्मान गरिएको थियो ।

प्रतियागयतामा २ सय ५० विद्यार्थीको सहभागिता थियो । प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको प्रतियोगिता संयोजक मुखिया लामाले बताए । प्रतियोगितामा ५३ स्पर्धा समावेश थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.