लेख विवरण

साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल सुरु

साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल सुरु

काठमाडौं । साउथ वेस्टर्न स्टेट कलेजको आयोजनामा प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

पहिलो दिन ४ चरणको खेल सकिँदा ६ खेलाडी संयुक्त रुपमा शीर्ष स्थानमा छन् । बिर्तामोड कलेजका मिसन दाहाल, हेराल्ड कलेजका रिसोन थापा, बीएन एकेडेमीका अविन पाण्डे, आयोजक साउथ वेस्टर्नका पुरुषोत्तम सिलवाल, पुल्चोक इन्जिनिएरिङ कलेजका सुजन काफ्ले र सेन्ट जेभियर्सका अभिक शाह संयुक्त रुपमा शीर्ष स्थानमा छन् । नौ चरणसम्म खेल हुनेछ ।

प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक साउथ वेस्टर्नका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी, टोखा नगरपालिका वडा ७ का अध्यक्ष नरोत्तम राणा, वडा ५ का अध्यक्ष मदन गुरुङ, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, साउथ वेस्टर्नका भाइस प्रिन्सिपल हरिसिंह केसीलगायतको उपस्थिति रहेको थियो ।

बसुन्धरास्थित आयोजककै हातामा भइरहेको दुईदिने प्रतियोगितामा विभिन्न ४० कलेजका १ सय भन्दा बढी खेलाडी सहभागी छन् । कुल नगद पुरस्कार राशी १ लाख ४२ हजार रुपैयाँ रहेको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पार्ने छन् । सातौंदेखि दसौं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । महिलातर्फ शीर्ष २ स्थान हात पार्नेलाई छुट्टै क्रमशः १० हजार र ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.