रेडियन्ट पब्लिक सेमिफाइनलमा
काठमाडौं, भदौ १३ गते ।
रेडियन्ट पब्लिक ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
रेडियन्ट पब्लिकले केएमसीलाई १०–९ ले पराजित ग¥यो । रेडियन्टकी सोनु तामाङले ७ अंक जोडिन् । सोही स्पर्धामा मल्पी इन्टरनेसनलले लिटिल एन्जल्सलाई १९–४ तथा दीक्षालयले बौद्ध इन्टरनेसनललाई २७–९ ले हराउदै सेमिफाइनलमा पुगे । मल्पीकी दिवाश्री शाहीले ८ र दीक्षालयकी लाक्पा शेर्पाले ८ स्कोर गरे ।
ब्वाइज बास्केटबलमा मल्पीले आईडियल मोडेललाई २८–२१ तथा रेडियन्ट पब्लिकले बौद्ध इन्टरनेसनललाई ४०–३८ ले पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरे । मल्पीका रौनकले १२ तथा बौद्धका एमोसन मोक्तानले १२ अंक जोडे ।
ब्वाइज फुटबलमा बृहस्पतिले मल्पीलाई ३–० गोलले पराजित ग¥यो । बृहस्पतिका प्रणव अधिकारीले २ तथा सौरभ रेग्मीले १ गोल गरे ।

टिप्पणी लेख्नुहोस्