लेख विवरण

एलए स्पोर्ट्स मिट : एलए च्याम्पियन

एलए स्पोर्ट्स मिट : एलए च्याम्पियन

काठमाडौं। आयोजक लिटल एन्जल्स (एलए) एलए स्पोर्ट्स मिटअन्र्गत ब्वाइज फुटबलमा सोमबार च्याम्पियन बनेको छ ।

एलएले फाइनलमा एटीएमलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

एलएका देवराज कटुवाल उत्कृष्ट खेलाडी, एलएका अनुप खत्री सर्वाधिक स्कोरकर्ता र एटीएमका प्रज्ज्वल समाल उत्कृष्ट गोलरक्षक बने ।

मिटअन्तर्गतनै बास्केटबलको ब्वाइजमा मनास्लु पहिलो भयो । मनास्लुले फाइनलमा ओमेगालाई ६६–४७ ले हरायो । गल्र्समा एलए च्याम्पियन बन्यो ।

ब्वाइजमा मनास्लुका प्रदिम बोहरा तथा गल्र्समा एलएकी संस्कृति लामा ‘मोस्ट भेलुएबल’ घोषित भए । विजेतालाई फुटबलर एवं एलएका पूर्व विद्यार्थी जेलेस्पीजंग कार्की, बास्केटबलका सदीश प्रधान र एलएकी कर्पोरेट डाइरेक्टर श्रृष्टि लिम्बूले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.