लेख विवरण

जेम्स थन्डरबोल्ट्स कप शुरु, एक सयभन्दा वढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता

जेम्स थन्डरबोल्ट्स कप शुरु, एक सयभन्दा वढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता

काठमाडौं,  पुस ३ गते

देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ विहिवारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ ।

थन्डर बोल्ट्स कप २०२५ मा समूहगत तर्फ फुटबल, भलिवल, बास्केटबल, फुटसल र क्रिकेट तथा ब्यक्तिगत तर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई–स्पोर्ट्सका खेलहरु समावेश गरिएका छन्।

'सपना देख, विश्वास गर, प्राप्ति गर' भन्ने मूल नारा बोक्दै जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको विहिवार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले गरेका थिए।

प्रतियोगिताको समुद्घाटन समारोहमा जेम्स विद्यालयका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरका निर्देशक बरुण खड्का, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौड्याल, नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित कुमार

प्रतियोगिताको विभिन्न खेलको पदक प्राप्तीको आधारमा विजेता टोलीको घोषणा गरिनेछ। प्रथम स्थान प्राप्त गर्ने स्कुलले ५ लाख रुपैंया प्राप्त गर्नेछ।

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विद्यालयहरूबिच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्ने रहेको छ । थन्डरबोल्ट्स डेभलप्मेन्ट सेन्टरद्वारा प्रायोजित र फोटोन द्वारा समर्थित यस मेगा इभेन्ट्स खेलकुद प्रतियोगिताका साझेदार संस्थाहरूमा मिडिया पार्टनर अन्नपूर्ण पोष्ट, हेल्थ पार्टनर नेपाल मेडिसिटी अस्पताल, मिडिया तथा ब्रोडकास्टिङ पार्टनर वान ओर एट, एडुमार्ट, लगायत अन्य धेरै प्रतिष्ठित कम्पनीहरूको समर्थन रहेको छ।

प्रतियोगिता पुस ९ गते सम्पन्न हुनेछ।
 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.