लेख विवरण

तेस्रो इन्टर कलेज टि–२० क्रिकेट : विश्व आदर्श ‘बी’ र आस्था कलेज विजयी

तेस्रो इन्टर कलेज टि–२० क्रिकेट : विश्व आदर्श ‘बी’ र आस्था कलेज विजयी

इटहरी । तेस्रो इन्टर कलेज टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुवै खेलमा विश्व आदर्श कलेज ‘बी’ इटहरी र आस्था कलेज दमक विजयी भएका छन्।

आज भएको पहिलो खेलमा विश्व आदर्श कलेज ‘बी’ इटहरीले जनता बहुमुखी कलेज इटहरीलाई पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको जनता बहुमुखी कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनायो। जनताका लागि उज्वल श्रेष्ठले ३०, आभास गेलालले २७, सुमन पौडेल र निमा तामाङले समान २५–२५ रनको योगदान दिए।

बलिङतर्फ विश्व आदर्शका पल सिग्देल र चिरञ्जीवी शाहले समान ३–३ विकेट लिए।

१५० रनको लक्ष्य पछ्याएको विश्व आदर्श कलेज ‘बी’ १७ ओभरमै सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो। यससँगै जनता बहुमुखी कलेज ४६ रनले पराजित भयो।

आजकै दोस्रो खेलमा पुर्वाञ्चल इन्जिनियरिङ कलेज धरान र आस्था कलेज दमकबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको पुर्वाञ्चल कलेज १६ ओभरमै सबै विकेट गुमाउँदै जम्मा ७८ रनमा सीमित भयो। पुर्वाञ्चलका लागि अजित अटलले १७, बिबस भण्डारीले १३ र कासी सन्जेलले १२ रन बनाए।

बलिङतर्फ आस्था कलेजका सुगम बुढाथोकीले ३ विकेट लिए भने छबिलाल खड्का, रञ्जन धमला र सौजन्य घिमिरेले समान २–२ विकेट तथा आशिष रानाले १ विकेट लिए।

७९ रनको सामान्य लक्ष्य आस्था कलेजले ११ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। आस्थाका सन्तोष गजमेरले १७, भुपाल दंगालले १५ र हिमान्शु गिरीले ११ रन जोडे।

बलिङतर्फ पुर्वाञ्चल इन्जिनियरिङका अजित अटलले २ विकेट तथा कासी सन्जेल र अनुपम भुजेलले समान १–१ विकेट लिए।

खेलको म्यान अफ द म्याच आस्था कलेजका सुगम बुढाथोकी घोषित भए।

यससँगै विश्व आदर्श कलेज ‘ए’ इटहरी, कान्तिपुर कलेज विराटनगर, नमुना कलेज इटहरी र आस्था कलेज दमक सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल खेलहरू भोलि हुनेछन्।

पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका १२ कलेजको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा सञ्चालन भइरहेको छ। प्रतियोगिताले कोशी प्रदेशका कलेजबीच क्रिकेट प्रतिभा उजागर गर्दै खेलकुदमार्फत शैक्षिक क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजक इटहरी आदर्श जायन्ट्सले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.