लेख विवरण

विश्वविद्यालय खेलकुद माघमा

विश्वविद्यालय खेलकुद माघमा

काठमाडौं, पुस २४ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा हुने तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ ।

विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंह, नेपालयका अध्यक्ष सुवास प्रधान, नेपाल भलिबल संघका प्रतिनिधि, विभिन्न विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा टेबलटेनिस, बास्केटबल र भलिबलको प्रतिस्पर्धा हुने समितिका सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । भलिबलमा छात्रको मात्र खेल हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा खेलाइने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.