लेख विवरण

मानसिंह र बेलमोन्टको विजयी सुरुआत

मानसिंह र बेलमोन्टको विजयी सुरुआत

काठमाडौं, फागुन १० गते । मानसिंह र बेलमोन्टले प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार विजयी सुरुआत गरेका छन् ।

तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा मानसिंहले ह्वाइट हेभेनलाई १६–१० ले पराजित ग¥यो । मानसिंहको जितमा देवीका बोगटीले ६ अंक योगदान गरिन् । सुमिना तामाङको १० अंक सहयोगमा बेलमोन्टले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१६ ले हरायो ।

गल्र्समै तेजस्वीले संस्कृति शिक्षालयलाई २३–१८ तथा ल्यान्डमार्क एकेडेमीले ह्वाइट हेभेनलाई २५–१५ ले पाखा लगाए । तेजस्वीकी निशा पण्डितले १४ तथा ल्यान्डमार्ककी अन्जली राईले ११ स्कोर गरे ।

ब्वाइजमा सेबले ल्यान्डमार्कलाई ४४–३१, तेजस्वीले गुरुकुललाई ३७–२८, संस्कृति शिक्षालयले रोजमेरीलाई ४०–३२ र ह्वाइट हेभेनले सिद्धार्थलाई ३०–२२ ले पन्छाए । सेबका युबिन तामाङले १०, तेजस्वीका विराज गुरुङले १३, संस्कृतिका रमन गुरुङले १९ र ह्वाइट हेभेनका निमेश सापकोटाले १४ अंक जोडे ।

प्रतियोगिताको तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । छदिने लिग कम नकआउट प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.