लिटिल एन्जल्सको सफल सुरुआत
काठमाडौं, फागुन १० गते । आयोजक लिटिल एन्जल्स (एलए) स्कुलले पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज बास्केटबलमा आइतबार विजयी सुरुआत गरेको छ ।
हात्तीवनस्थित घरेलु कोर्टमा एलएले एलआरआईलाई १९–१७ ले पराजित ग¥यो । एलएका आयुश गोइतले १३ अंक जोडे ।
ब्वाइज फुटबलमा लोयल्टी एकेडेमीले एलएलाई २–० तथा ज्ञानोदयले जेम्सलाई ६–० गोलले हराए ।
ब्वाइज भलिबलमा वैस्नवीले दोहोरो जित आत्मासात् ग¥यो । वैस्नवीले माउन्ट ओलिभलाई २५–२२ र २५–२१ तथा अनल ज्योतिलाई २५–१५ र २५–१५ को सोझो सेटमा पाखा लगायो । अन्य खेलमा माउन्ट ओलिभले अनल ज्योतिलाई २५–९ र २५–१६, भ्याली पब्लिकले बालकुमारीलाई २५–१६ र २५–१४ तथा एलएले बालकुमारीलाई २३–२५, २५–११ र १५–९ ले पन्छाए ।
प्रतियोगिताको बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले एक कार्यक्रमबीच उद्घाटन गरिन् । ३ सामुदायिक विद्यालयसहित २२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ५ खेलको प्रतिस्पर्धा हुने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन् । बास्केटबल, भलिबल, फुटबल, टेबलटेनिस र फुटसल समावेश छन् ।

टिप्पणी लेख्नुहोस्