अर्किड कप : विद्यावाणीलाई उपाधि
काठमाडौं, फागुन १० गते । विद्यावाणी पाठशालाले १० औं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड प्युपल स्कुलको मैदानमा भएको फाइनलमा विद्यावाणीले एकलब्स शिक्षा सदनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
विद्या विकास तेश्रो र निर्मल ज्योति चौथो भए । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको अर्किडका संस्थापक प्रेमकुमार भुजेलले जनाएका छन् ।
विद्यावाणीका एकेन्द्र बुढा उत्कृष्ट खेलाडी, विद्यावाणीकै श्रृयान भट्टराई उत्कृष्ट गोलरक्षक, विद्याविकासका अभिषेक कुमार उदीयमान खेलाडी र एकलब्यका निरज मगर सर्वाधिक गोलकर्ता बने । एजीएमले अनुशासित टिमको ट्रफी हात पा¥यो ।

टिप्पणी लेख्नुहोस्