वेदाङ्ग इन्टरनेशनल स्कुलद्वारा डबल गोल्ड विजेता अन्भी शाही सम्मानित
काठमाडौं — वेदाङ्ग इन्टरनेशनल स्कुलको वार्षिक अभिभावक दिवस २०८२ का अवसरमा विद्यालयले कराते खेलाडी अन्भी शाहीलाई विशेष सम्मान तथा अभिनन्दन गरेको छ।
विद्यालयका अध्यक्ष धुर्व लुइटेल र प्रिन्सिपल भावेश सापकोटाले अन्भी शाहीलाई सम्मान गर्दै उनको उत्कृष्ट उपलब्धिको प्रशंसा गर्नुभयो। अन्भीले इन्डो–नेपाल कराते च्याम्पियनसिप तथा १० औं राष्ट्रिय कराते च्याम्पियनसिप २०८२मा डबल गोल्ड मेडल जित्दै विद्यालयको नाम उच्च राख्न सफल भएकी हुन्।
कार्यक्रममा विद्यालय परिवारले अन्भीको उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता हासिल गर्न हार्दिक शुभकामना व्यक्त गरेको छ।
विद्यालयले खेलकुदसँगै शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिमा विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै यस्ता उपलब्धिले सम्पूर्ण विद्यार्थीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
टिप्पणी लेख्नुहोस्