लेख विवरण

इटहरी भेट्रान गोल्डकप: मिल्स भेट्रान र हाम्रो इटहरी भेट्रानबीच फाइनल भिडन्त तय

इटहरी भेट्रान गोल्डकप: मिल्स भेट्रान र हाम्रो इटहरी भेट्रानबीच फाइनल भिडन्त तय

इटहरी — इटहरीमा जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मिल्स भेट्रान र आयोजक हाम्रो इटहरी भेट्रान क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मिल्स भेट्रानले हाम्रो धरान भेट्रान क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

अब मिल्स भेट्रानले उपाधिका लागि आयोजक हाम्रो इटहरी भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि आयोजक टोलीले पहिलो सेमिफाइनलमा दमक भेट्रानलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो।

प्रतियोगिताको फाइनल खेल चैत २८ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ नगदसहित ट्रफी, शिल्ड र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, शिल्ड र मेडल हात पार्नेछन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.