कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते: फाइनल समिकरण पूरा, विभागिय टोलीको दबदबा
काठमाडौँ — सातदोबाटोस्थित कराते एकेडेमीमा जारी ‘पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता’ को दोस्रो दिन शुक्रबार विभिन्न तौल समूहको फाइनल समिकरण पूरा भएको छ। प्रतियोगितामा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबको स्पष्ट वर्चस्व देखिएको छ।
प्रतियोगिताको दोस्रो दिन सम्पन्न सेमिफाइनल खेलहरूबाट स्वर्ण पदकका लागि भिड्ने खेलाडीहरूको टुङ्गो लागेको हो।
कुमिते (फाइट) तर्फका मुख्य फाइनल भिडन्तहरू
शुक्रबार भएका प्रतिस्पर्धाबाट विभिन्न तौल समूहमा निम्नलिखित खेलाडीहरू फाइनलमा प्रवेश गरेका छन्:
-
महिला ५५ केजी: सविना श्रेष्ठ (पुलिस) र प्रियंका शाही (आर्मी)
-
पुरुष ५५ केजी: एलोन श्रेष्ठ (पुलिस) र निश्चित घले (बागमती)
-
पुरुष ५० केजी: राकेश मानन्धर (एपीएफ) र बमिन गुरुङ (गण्डकी)
-
महिला ५० केजी: पार्वती श्रेष्ठ (बागमती) र अन्जली महर्जन (एपीएफ)
-
महिला ६८ केजी मुनी: एलिसा राई (पुलिस) र सम्पदा केसी (आर्मी)
-
पुरुष ६० केजी: रितिक थिङ (मधेश) र मिनबहादुर (एपीएफ)
-
पुरुष ८४ केजी मुनी: मोहम्मद शेखु आलम (एपीएफ) र कृष्ण बुढा मगर (लुम्बिनी)
-
महिला ४५ केजी मुनी: वर्षा बुढा (पुलिस) र आस्था लुहार (एपीएफ)
-
पुरुष ६७ केजी: सन्तोष श्रेष्ठ (पुलिस) र प्रदीप बैजाली मगर (एपीएफ)
-
महिला ६१ केजी: श्रद्धा सुनार (आर्मी) र निरुपा दोङ तामाङ (पुलिस)
-
पुरुष ७५ केजी: सिबु ओड (आर्मी) र राजीव पुडासैनी (पुलिस)
-
महिला ६८ केजी माथि: महिमा राई (एपीएफ) र श्रद्धा थापा (आर्मी)
कातामा आर्मीको ऐतिहासिक प्रदर्शन
प्रतियोगिताको पहिलो दिनदेखि नै त्रिभुवन आर्मी क्लबले कातातर्फ उत्कृष्ट प्रदर्शन गर्दै सबै विधा (महिला/पुरुष एकल र टिम काता) को फाइनलमा स्थान सुरक्षित गरेको छ।
त्यसैगरी, नेपाल पुलिस क्लब पनि महिला एकल बाहेक काताका सबै विधाको फाइनलमा पुग्न सफल भएको छ। पुरुष एकल कातामा पुलिसका स्वनिम मानन्धर लगातार चौथो पटक फाइनलमा पुगेका छन्। उनले यसअघिका तीनवटै संस्करणमा स्वर्ण जितेका थिए। अब उनले फाइनलमा आर्मीका प्रविण मानन्धरको सामना गर्नेछन्।
महिला एकल कातामा एपीएफकी सन्जु देसार र आर्मीकी सानुमाया थिङ स्वर्णका लागि भिड्नेछन्।
प्रतियोगिताको पुरस्कार र आयोजना
बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको परिकल्पनामा ललितपुरको लगनखेलस्थित जिल्ला प्रमुख डोजोले यो प्रतियोगिता आयोजना गरेको हो।
-
सहभागी: ७ प्रदेश र ३ विभागीय टोलीका २१० खेलाडी।
-
स्पर्धा: १७ इभेन्ट (फाइट र काता)।
-
पुरस्कार राशी: * टिम च्याम्पियन: रु १ लाख ५० हजार
-
दोस्रो: रु ७५ हजार
-
तेस्रो: रु ३५ हजार
-
उत्कृष्ट खेलाडी (महिला/पुरुष): रु २५ हजार
-
गोदावरी नगरपालिका र बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य सहयोगमा संचालित यो प्रतियोगिता शनिबार समापन हुने आयोजक डोजोका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए।

टिप्पणी लेख्नुहोस्