नेपाल हक्की संघद्वारा महिला र पुरुष राष्ट्रिय टिम घोषणा, जर्सी सार्वजनिक
काठमाडौं — नेपाल हक्की संघले महिला तथा पुरुष राष्ट्रिय हक्की टिम घोषणा गर्नुका साथै आधिकारिक जर्सी पनि सार्वजनिक गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच टिम घोषणा र जर्सी सार्वजनिक गर्नुभएको हो। नेपाल हक्की संघका अध्यक्ष अनिल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुवै टोलीको औपचारिक घोषणा गरिएको थियो।
संघका महासचिव तथा राखेपका कार्यकारी समिति सदस्य सूवर्ण श्रेष्ठका अनुसार गण्डकीकी अंकिता अधिकारीको कप्तानीमा २६ सदस्यीय महिला टोली र गण्डकीकै कुशल नेपालीको कप्तानीमा २६ सदस्यीय पुरुष राष्ट्रिय टोली घोषणा गरिएको हो।
महिला टोलीको गोलकिपरमा संजुमगर, खुश्बु राना र मधुकुमारी रहेका छन्। फरवार्डमा प्रनिता पुडासैनी, आशीका मण्डल, नमिता एस के, बन्दना भट्ट, अन्जली कर्माकर, बविता उराव र मुस्कान राना चयन भएका छन्।
त्यसैगरी मिडफिल्डमा सितामाया बल, अंकिता मुखिया, गीता पुन मगर, करुणा ठगुन्ना, नीरुता गिरी, सविता राजवंशी, लक्ष्मनिया कुमारी दास, पूर्णिमा नेगी र सपना स्याङवो रहेका छन् भने डिफेन्समा सोनु वराल, संजिता श्रेष्ठ, विमु नेपाली, संजु चौधरी, शर्मिला कुमारी र कृति पुलामी परेका छन्।
पुरुष टोलीतर्फ गोलकिपरमा जोशन राई, विवेक जोशी र उज्ज्वल राजवंशी रहेका छन्। अट्याक/फरवार्डमा असिम बाहिक, सुदीप चौधरी, बिशु घिमिरे, महेश नेपाली, भरत टमटा, रोनस के यादव र अनिश खड्का चयन भएका छन्।
मिडफिल्डमा आयुष शाह, पुरुषोत्तम महतो, मोहन पुन, उमेश श्रेष्ठ, जयन्त बडु, मनिष भट्ट र रोमन राजवंशी रहेका छन् भने डिफेन्समा सुजन बोगटी, सौरभ दंगाल, मानकेश्वर साह, विवेक गुरुङ, निशान्त भट्ट, रोहित राजवंशी, संगम घर्ती मगर र अमिन सापकोटा समावेश भएका छन्।

टिप्पणी लेख्नुहोस्