लेख विवरण

आईपीएल २०२६: अभिषेक शर्माको विष्फोटक शतक र मलिंगाको सानदार बलिङमा हैदराबादको सानदार जित

आईपीएल २०२६: अभिषेक शर्माको विष्फोटक शतक र मलिंगाको सानदार बलिङमा हैदराबादको सानदार जित

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ३१ औं खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्दै आफ्नो जितको लयलाई कायम राखेको छ। राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार राति सम्पन्न खेलमा हैदराबादले अलराउन्ड प्रदर्शन गर्दै दिल्लीमाथि दबदबा कायम गर्यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २४२ रनको विशाल योगफल तयार पारेको थियो। हैदराबादको इनिङ्सको मुख्य आकर्षण युवा ब्याटर अभिषेक शर्माको अविजित शतक रह्यो। उनले मात्र ६८ बलमा १० चौका र १० छक्काको मद्दतले १३५ रनको विष्फोटक इनिङ्स खेले। यो उनको आईपीएल करियरको दोस्रो शतक हो।

अभिषेकलाई अन्य ब्याटरहरूले पनि राम्रो साथ दिए। ओपनर ट्राभिस हेडले ३७ रन बनाए भने अन्त्यमा हेनरिक क्लासेनले मात्र १३ बलमा ३७ रनको विष्फोटक अविजित पारी खेल्दै टोलीलाई विशाल स्कोरसम्म पुर्याए।

२४३ रनको कठिन लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९५ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि नितिश राणाले ३० बलमा ५७ रन र कप्तान केएल राहुलले ३३ रनको योगदान दिए पनि अन्य ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्।

दिल्लीको इनिङ्स ध्वस्त पार्ने क्रममा हैदराबादका इशान मलिंगाले घातक बलिङ गरे। उनले ४ ओभरमा ३२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै, अन्तिम ओभरमा हर्ष दुबेले ३ विकेट लिँदै दिल्लीको हार सुनिश्चित गरे। डेब्यु गरिरहेका श्रीलंकाली बलर दिलशान मदुशंकाले पनि १ विकेट लिए।

यो जितसँगै सनराइजर्स हैदराबाद अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। पछिल्ला खेलहरूमा लगातार जित निकाल्दै हैदराबादले प्लेअफको दाबेदारीलाई बलियो बनाएको छ। अर्कोतर्फ, बलियो सुरुवात गरेको दिल्लीले पछिल्ला खेलहरूमा लय गुमाउँदै गएको देखिन्छ।

संक्षिप्त स्कोर:

  • सनराइजर्स हैदराबाद: २४२/२ (२० ओभर) - अभिषेक शर्मा १३५*, ट्राभिस हेड ३७, हेनरिक क्लासेन ३७*

  • दिल्ली क्यापिटल्स: १९५/९ (२० ओभर) - नितिश राणा ५७, केएल राहुल ३३; इशान मलिंगा ४/३२, हर्ष दुबे ३/१५

टिप्पणी लेख्नुहोस्

Please Login to comment.