लेख विवरण

नेपाल रेड र नेपाल ब्लुबीच एकदिवसीय सिरिज हुने, टोली घोषणा (खेलाडीको सूचीसहित)

नेपाल रेड र नेपाल ब्लुबीच एकदिवसीय सिरिज हुने, टोली घोषणा (खेलाडीको सूचीसहित)

काठमाडौँ । नेपाल क्रिकेट संघ (CAN) ले 'नेपाल रेड' र 'नेपाल ब्लु' बीच हुने एकदिवसीय सिरिजका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी अप्रिल २६, २८ र ३० (तदनुसार २०८३ वैशाख १३, १५ र १७ गते) मा हुने खेलका लागि दुई छुट्टाछुट्टै टोलीको घोषणा गरेको हो

"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ आयोजना हुन लागेको यो सिरिज माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलाईनेछ

अनिलको कप्तानीमा नेपाल रेड

नेपाल रेडको नेतृत्व अनिल कुमार साहले गर्नेछन् टोलीमा कुशल मल्ल, रसिद खान र सागर ढकाल जस्ता अनुभवी खेलाडीहरू रहेका छन्

नेपाल रेड टोली: १. अनिल कुमार साह (कप्तान), २. तृत राज दास, ३. दीपक प्रसाद डुम्रे, ४. विवेक राना मगर, ५. ईशान पाण्डे, ६. सुभ कंसकार, ७. कुशल मल्ल, ८. रसिद खान, ९. शङ्कर राना, १०. हेमन्त धामी, ११. विशाल पटेल, १२. प्रतिष जीसी, १३. शेर मल्ल, १४. युवराज खत्री, १५. सागर ढकाल, १६. अभिशेष गौतम

देवको कप्तानीमा नेपाल ब्लु

नेपाल ब्लुको कप्तानी देव खनालले सम्हाल्नेछन् यस टोलीमा सन्दीप जोरा, पवन सराफ र अर्जुन साउद लगायतका खेलाडीहरू समावेश छन्

नेपाल ब्लु टोली: १. देव खनाल (कप्तान), २. मयन यादव, ३. अर्जुन घर्ती मगर, ४. अर्जुन साउद, ५. अरनिको यादव, ६. सन्दीप जोरा, ७. पवन सराफ, ८. नारायण जोशी, ९. सन्तोष यादव, १०. रिजन ढकाल, ११. आकाश चन्द, १२. रुपेश सिंह, १३. साहब आलम, १४. विपिन खत्री, १५. प्रकाश जैसी, १६. दीपेश कँडेल

नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार यो सिरिजले खेलाडीहरूको प्रदर्शन स्तर मापन गर्न र नयाँ प्रतिभालाई अवसर दिन महत्वपूर्ण भूमिका खेल्नेछ
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.