सुवर्ण शमशेर मेमोरियल यू-१३ क्रिकेट: हिमालयन क्रिकेट एकेडेमीको सानदार जित, रेडियन्ट ८ विकेटले पराजित
काठमाडौँ । पहिलो एचसीए सुवर्ण शमशेर मेमोरियल यू-१३ क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको लिग खेलमा हिमालयन क्रिकेट एकेडेमी यू-१३ (ए) ले रेडियन्ट क्रिकेट एकेडेमी यू-१३ माथि ८ विकेटको सानदार जित दर्ता गरेको छ।
टस जितेर पहिले बलिङ रोजेको हिमालयन क्रिकेट एकेडेमीले रेडियन्टलाई सस्तैमा समेट्दै खेल आफ्नो पक्षमा पारेको हो।
निर्धारित १६ ओभरको खेलमा पहिले ब्याटिङ गरेको रेडियन्ट क्रिकेट एकेडेमीले ९ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो। रेडियन्टका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय सन्नी जैसवाल र कप्तान ऋषिकेश नायकले उत्कृष्ट प्रदर्शन गरे:
-
सन्नी जैसवाल: ४ बल खेल्दै २ छक्काको मद्दतमा विष्फोटक ३२ रन।
-
ऋषिकेश नायक: २६ बलमा ६ चौका प्रहार गर्दै ३२ रन।
बलिङतर्फ हिमालयन क्रिकेट एकेडेमीका इशान अलीले घातक बलिङ गर्दै ३ ओभरमा २० रन खर्चेर ३ विकेट चटकाए। यस्तै आशिम विक्रम चन्द र आरिब सैयदले समान २-२ विकेट लिए भने भबेश खड्काको भागमा १ विकेट रह्यो।
१०५ रनको सामान्य लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमीले मात्र १३.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
-
ओपनर भबेश खड्काले २१ बलमा १४ रन जोडे।
-
सुभन्जन चन्दले ३२ बलमा ६ चौकाको सहयोगमा ३६ रनको अविजित र परिपक्व इनिङ खेले।
-
भबेश बोहोराले १८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३७ रनको विष्फोटक अविजित इनिङ खेलेर टोलीलाई जित दिलाए।
रेडियन्टका लागि बलिङतर्फ ऋषिकेश नायक र शिवम् जैसवालले समान १-१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
बलिङतर्फ महत्वपूर्ण ३ विकेट लिनुका साथै टोलीको जितको आधार तय गरेका हिमालयन क्रिकेट एकेडेमीका कप्तान इशान अली खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।
टिप्पणी लेख्नुहोस्