लेख विवरण

चन्द्रागिरि यू-१४ क्रिकेट: बर्दानको ६ विकेट ओझेलमा, ग्रेट हिमालय क्रिकेट एकेडेमीद्वारा एलआरआई स्कुल ४५ रनले पराजित

चन्द्रागिरि यू-१४ क्रिकेट: बर्दानको ६ विकेट ओझेलमा, ग्रेट हिमालय क्रिकेट एकेडेमीद्वारा एलआरआई स्कुल ४५ रनले पराजित

काठमाडौं, चन्द्रागिरि यू-१४ टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए) शान्तिनगरले लर्निङ रियलम इन्टरनेसनल (एलआरआई) स्कुलमाथि ४५ रनको सानदार जित दर्ता गरेको छ। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सक्षम क्षेत्री खेलको नायक बनेपछि जीएचसीएले प्रतियोगितामा महत्त्वपूर्ण अंक जोडेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५७ रनको बलियो योगफल तयार पारेको थियो। जीएचसीएको इनिङ्समा प्रारम्भिक ब्याटर किसान शाहले विष्फोटक ब्याटिङ गर्दै २५ बलमा ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ४४ रन बनाए। यस्तै, श्लेषक आचार्यले २६ र उत्कर्ष तिमिल्सिनाले १२ रनको योगदान दिए।

एलआरआई स्कुलका बलर बर्दान बडैलाले घातक बलिङ गर्दै जीएचसीएको मध्यक्रम ध्वस्त पारेका थिए। उनले ४ ओभरमा मात्र २० रन खर्चेर ६ विकेट लिए पनि टोलीलाई जिताउन भने सकेनन्।

१५८ रनको विजयी लक्ष्य पछ्याएको एलआरआई स्कुल १३.३ ओभरमा मात्र ११२ रन जोड्दा अलआउट हुन पुग्यो। एलआरआईका लागि प्रारम्भिक ब्याटर विशाल बुढाले २५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४३ रनको इनिङ खेले पनि अन्य ब्याटरबाट बलियो साथ पाउन सकेनन्। तल्लो क्रममा सुबोध चौधरीले १५ र स्योन सिंहले ८ रन जोड्नु बाहेक अन्य ब्याटर सस्तैमा समेटिए।

एलआरआईलाई सस्तैमा रोक्ने क्रममा जीएचसीएका सक्षम क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ४ विकेट चट्काए। त्यस्तै, श्रवण बुढा र उत्कर्ष तिमिल्सिनाले समान २-२ विकेट लिए भने सागर बस्नेत र मिङ्मा तामाङको भागमा १-१ विकेट रह्यो।

ब्याटिङमा महत्वपूर्ण ८ रन जोड्नुका साथै बलिङतर्फ ४ विकेट लिएका ग्रेट हिमालय क्रिकेट एकेडेमीका सक्षम क्षेत्री खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।

संक्षिप्त स्कोरकार्ड:

  • ग्रेट हिमालय क्रिकेट एकेडेमी U14 (शान्तिनगर): १५७/९ (२० ओभर)

    किसान शाह: ४४ रन, श्लेषक आचार्य: २६ रन, बर्दानी बडैला: ६ विकेट

  • लर्निङ रियलम इन्टरनेसनल (LRI) स्कुल U14: ११२/१० (१३.३ ओभर)

    विशाल बुढा: ४३ रन, सक्षम क्षेत्री: ४ विकेट, सरवन बुढा: २ विकेट

  • नतिजा: ग्रेट हिमालय क्रिकेट एकेडेमी ४५ रनले विजयी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.