लेख विवरण

वाई वाई महिला यू-१९ बागमती प्रदेश छनोट: ललितपुरमाथि भक्तपुरको ७ विकेटको सानदार जित

वाई वाई महिला यू-१९ बागमती प्रदेश छनोट: ललितपुरमाथि भक्तपुरको ७ विकेटको सानदार जित

काठमाडौँ, जेठ ११ गते ।

वाई वाई महिला यू-१९ बागमती प्रदेश छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा भक्तपुर जिल्ला महिला यू-१९ टोलीले ललितपुर जिल्ला महिला यू-१९ टोलीमाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ ।

माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको ११९ रनको लक्ष्यलाई भक्तपुरले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रथा श्रेष्ठको कप्तानी इनिङ्स, भक्तपुरको सहज जित

११९ रनको लक्ष्य पछ्याएको भक्तपुरको जितमा ओपनर प्रथा श्रेष्ठले सम्हालिएको ब्याटिङ गर्दै अविजित अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५१ बलको सामना गर्दै ४ चौकाको मद्दतमा ५१ रन बनाइन् ।

भक्तपुरका लागि अन्य ब्याटरहरूमा:

  • स्वर्णिमा भण्डारी: ३९ बलमा ३ चौकासहित ३० रन

  • अलिसा खड्का: ८ रन

  • पूजा साउद: अविजित ८ रन

  • अनुषा रोकाहा: ४ रन

ललितपुरका तर्फबाट बलिङमा अंशु कुमारी मण्डल, देवसरा ठकुल्ला र सम्भव्य ढकालले १–१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरको मध्यम योगफल

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । ललितपुरका लागि ओपनर साबित्रा कुमारी यादवले सर्वाधिक ५३ रनको योगदान दिइन् । उनले ४७ बल खेल्दै ७ चौका प्रहार गरेकी थिइन् ।

ललितपुरका अन्य ब्याटरहरूको प्रदर्शन:

  • अंशु कुमारी मण्डल: १६ रन

  • सम्भव्य ढकाल: २२ रन

  • प्रियाना प्रधान: अविजित ३ रन

भक्तपुरका तर्फबाट कसिलो बलिङ गर्ने क्रममा पूजा साउदले ३ ओभरमा ७ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै हिमानी तामाङ, सिल्भी नागा, आयुष्मा रावल र अप्सरा कुमालले समान १–१ विकेट चट्काए ।

भक्तपुरलाई जित दिलाउन उत्कृष्ट ब्याटिङ गरेकी ओपनर प्रथा श्रेष्ठ खेलको 'प्लेयर अफ दि म्याच' चुनिएकी छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.