लेख विवरण

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल: विश्वकपको पूर्वसन्ध्यामा स्विट्जरल्यान्डको सानदार प्रदर्शन, जोर्डन ४–१ ले पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल: विश्वकपको पूर्वसन्ध्यामा स्विट्जरल्यान्डको सानदार प्रदर्शन, जोर्डन ४–१ ले पराजित

काठमाडौँ। फिफा विश्वकप २०२६ को पूर्वसन्ध्यामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्विट्जरल्यान्डले जोर्डनमाथि ४–१ को सहज र सानदार जित दर्ता गरेको छ। घरेलु मैदान काइबुनपार्क स्टेडियममा आइतबार भएको खेलमा स्विट्जरल्यान्डले सुरुदेखि नै बलियो पकड बनाउँदै विश्वकपका लागि आफ्नो तयारी चुस्त दुरुस्त रहेको सन्देश दिएको छ।

स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलो, ड्यान डोग्ये, ग्रानिट जाका र क्रिस्टियन फास्नाख्टले समान १–१ गोल गरे। जोर्डनका लागि ओदेह अल-फाखुरीले एक सान्त्वना गोल फर्काए।

पहिलो हाफमै स्विट्जरल्यान्डको तीन गोल

खेलको सुरुवात भौतिक र केही प्रतिस्पर्धात्मक देखिए पनि २७औँ मिनेटमा स्विट्जरल्यान्डले अग्रता लिन सफल भयो। भिडियो असिस्टेन्ट रेफ्रीको रिभ्युपछि प्राप्त पेनाल्टीलाई स्ट्राइकर ब्रिल एम्बोलोले सहजै गोलमा परिणत गरे।

त्यसको ठीक ५ मिनेटपछि अर्थात् ३२औँ मिनेटमा ड्यान डोग्येले टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समय (४५+९ मिनेट) मा पुनः स्विट्जरल्यान्डले अर्को पेनाल्टीको अवसर पायो। यस पटक टोलीका कप्तान ग्रानिट जाकाले कुनै गल्ती नगरी लो-लेफ्ट फुटेड सटमार्फत गोल गरेपछि पहिलो हाफमै घरेलु टोली ३–० ले अगाडि बढ्यो।

दोस्रो हाफमा जोर्डनको पुनरागमन प्रयास

दोस्रो हाफमा जोर्डनले केही आक्रामक रणनीति अपनायो। खेलको ५१औँ मिनेटमा जोर्डनका ओदेह अल-फाखुरीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए र पाहुना टोलीलाई खेलमा फर्काउने कोसिस गरे। गोल गरेपछि जोर्डनले केही राम्रा अवसरहरू सिर्जना गरे पनि स्विट्जरल्यान्डको बलियो रक्षापंक्तिलाई तोड्न सकेन।

फास्नाख्टले गरे जित पक्का

खेल सकिनै लाग्दा ७९औँ मिनेटमा स्विट्जरल्यान्डका क्रिस्टियन फास्नाख्टले पेनाल्टी बक्सको केन्द्रबाट उत्कृष्ट प्रहार गर्दै चौथो गोल थपे। यस गोलसँगै स्विट्जरल्यान्डले ४–१ को जित सुनिश्चित गर्‍यो।

उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा आयोजना हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सुरु हुनुअघि स्विट्जरल्यान्डका लागि यो फराकिलो जितले खेलाडीहरूको मनोबल र आत्मविश्वास निकै उच्च बनाएको फुटबल विश्लेषकहरूले बताएका छन्।

खेलको संक्षिप्त विवरण:

  • स्विट्जरल्यान्ड: ४ (ब्रिल एम्बोलो २७' (पेनाल्टी), ड्यान डोग्ये ३२', ग्रानिट जाका ४५+९' (पेनाल्टी), क्रिस्टियन फास्नाख्ट ७९')

  • जोर्डन: १ (ओदेह अल-फाखुरी ५१')

  • नतिजा: स्विट्जरल्यान्ड ४–१ ले विजयी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.