कुशलको अन्तराष्ट्रिय खेलमा २ हजार रन पूरा, बने दोस्रो नेपाली खेलाडी
काठमाडौं, १७ जेठ । नेपाली ओपनर कुशल भुर्तेलले ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा २ हजार रन पूरा गरेका छन् ।
कुशलले ७७ वटा ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल अन्तर्गत चीनसँगको आजको खेलसँगै उनले २ हजार रन पूरा गरेका हुन् ।
ट्वान्टी २० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने कुशल दोस्रा नेपाली ब्याटर हुन् । नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि नै २ हजार रन पूरा गरिसकेका छन् ।
टिप्पणी लेख्नुहोस्